दफा २०६
व्यक्ति बेपत्ता पार्ने काम गर्न गराउन नहुने
(१) कसैले कसैलाई बेपत्ता पार्ने कार्य गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि “व्यक्ति बेपत्ता पार्ने कार्य” भन्नाले देहायको कार्य सम्झनुपर्छः–
(क) कानून बमोजिम पक्राउ गर्न, अनुसन्धान गर्न वा कानून कार्यान्वयन गर्न अख्तियारी पाएको व्यक्ति वासुरक्षाकर्मीले पक्राउ गरेको, हिरासतमा राखेको वा अन्य कुनै किसिमले नियन्त्रणमा लिएको व्यक्तिलाईमुद्दा हेर्ने अधिकारी समक्ष त्यसरी पक्राउ गरेको वा नियन्त्रणमा लिएको मितिले बाटोको म्याद बाहेकचौबीस घण्टाभित्र उपस्थित नगराई वा सरोकारवालालाई भेटघाट गर्न नदिई निजलाई कहाँ, कसरी र कुनअवस्थामा राखिएको छ भन्ने सम्बन्धमा जानकारी नदिने,
(ख) कुनै व्यक्ति, सङ्गठन वा सङ्गठित वा असङ्गठित समूहको नामबाट कुनै व्यक्तिलाई अपहरण गरी, कब्जा वानियन्त्रणमा लिई वा अन्य कुनै किसिमले निजको वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरेकोमा त्यसरी वञ्चितगर्नुको कारण तथा निजलाई कहाँ, कसरी र कुन अवस्थामा राखिएको छ भन्ने सम्बन्धमा सरोकारवालालाईजानकारी नदिने ।
(३) कुनै व्यक्तिलाई जुन व्यक्तिको आदेशले पक्राउ गरी, थुनामा राखी वा नियन्त्रणमा लिई वेपत्ता पारेकोे होत्यस्तो आदेश दिने र त्यस्तो आदेशको कार्यान्वयन गर्ने व्यक्ति बेपत्ता पार्ने मुख्य कसूरदार मानिनेछ ।
(४) व्यक्ति बेपत्ता पार्ने कार्य कुनै सार्वजनिक पद धारण गरेको व्यक्ति वा सङ्गठन वा सङ्गठित वा असङ्गठितसमूहको जिम्मेबार व्यक्तिको आदेश वा निर्देशन बमोजिम भए गरेको रहेछ भने त्यस्तो आदेश वा निर्देशन दिनेव्यक्ति बेपत्ता पार्ने मुख्य कसूरदार मानिनेछ ।
(५) कसैले आफू मातहतको पदाधिकारी, निकाय वा समूहद्वारा व्यक्ति बेपत्ता पार्ने कार्य गर्न वा गराउन लागेको कुराथाहा पाएर पनि त्यसको उपेक्षा गरेमा वा त्यस्तो कार्य रोक्ने सम्बन्धमा आवश्यक उपाय नअपनाएमा निजले समेत यसदफा बमोजिम कसूर गरेको मानिनेछ ।
(६) कुनै व्यक्तिलाई एकभन्दा बढी व्यक्तिले सामूहिक रुपमा बेपत्ता पारेमा त्यस्तो कार्यमा संलग्न प्रत्येकव्यक्ति समान रुपमा कसूरदार मानिनेछ ।
(७) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः–
(क) व्यक्ति बेपत्ता पार्नेलाई बेपत्ता पारेको अवधि र अवस्थालाई समेत विचार गरी त्यस्तो काम गर्ने मुख्यकसूरदारलाई पन्ध्र वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबाना,
(ख) व्यक्ति बेपत्ता पार्न मतियार बन्ने वा षड्यन्त्र गर्नेलाई व्यक्ति बेपत्ता पार्ने मुख्य कसूरदारसरह र सोको उद्योग गर्ने वा परिपञ्च मिलाउने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय ।
(८) महिला वा बालबालिका बिरुद्ध उपदफा (१) बमोजिमको कसूर मानिने कार्य गर्नेलाई उपदफा (७) बमोजिम हुने सजायमा थपदुई वर्ष कैद सजाय हुनेछ ।
(९) कसैले कुनै व्यक्तिलाई बेपत्ता पारिएको अवस्थामा वेपत्ता पारिएको व्यक्तिको विरुद्ध कानून बमोजिम सजाय हुनेअन्य कुनै कसूर गरेको रहेछ भने निजलाई त्यस्तो कसूर बापत कानून बमोजिम हुने सजायमा यस दफा बमोजिम थप सजायहुनेछ ।
(१o) सरकारी साधन, भवन, हातहतियार वा मालसामान प्रयोग गरी व्यक्ति बेपत्ता पार्ने व्यक्तिलाई यस दफामा हुनेसजायमा थप एक वर्ष कैद हुनेछ ।